रोयल एनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर हन्टर ३५० पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल सार्वजनिकपछि कम्पनीले पोखरास्थित सोरुममार्फत टेस्ट–राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।
विश्वका सरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बिएस भिआइ हन्टर ३५०, २०२५ संस्करण पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
मोटरसाइकलमा स्लिप असिस्ट क्लच, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबी, एलइडी हेडल्याम्प, सुधारिएको सिट र यात्रा नेभिगेटर जस्ता सुविधा समावेश छन्।
यसमा प्रयोग गरिएका ३४९ सिसी जे–शृंखला इन्जिनले दैनिक सवारीमा चुस्त र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर सात लाखभन्दा बढी यात्रुले यो मोडेल रोजिसकेका छन्।
रोयल एनफिल्डका निर्देशक मेघराज पौडेल भने, ‘पोखराजस्तो पर्यटन र एडभेन्चरले भरिएको सहरका लागि हन्टर ३५० उपयुक्त मोडेल हो। यहाँको सहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो यात्रा अनुभव दिने विश्वास लिएका छौं। गण्डकी प्रदेशका यात्रुसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौं।’
प्रकाशित: २२ माघ २०८२ ०९:५४ बिहीबार





