१८ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई युएईले दियो ८४ रनकाे लक्ष्य

आइसिसी यु १९ महिला टि २० विश्व कप छनोट खेलमा नेपाल विरुद्ध युनाइटेड अरब इमिरेट्स (युएई)ले ८३ रन बनाएको छ।

युएईको अजमानमा  घरेलु टोलीले  पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको हो । नेपालले जितको लागि ८४ रन बनाउनु पर्नेछ।

युएईका लागि कप्तान समाइरा धारनीधार्काले सबै भन्दा वढि  ३१,रिनिथा रञ्जिथाले २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन बनाए।

नेपालका लागि कृष्मा गुरुङले ४ विकेट लिइन।उनले एउटै ओभरमा ३ विकेट लिएकी हुन।त्यसैगरी रिया शर्मा र सिमाना केसीले दुई दुई  तथा रचना चौधरीले १ विकेट लिए।

नेपालको प्लेईङ११

पुजा महतो, सोनी पाख्रिन, अलिशा कुमारी यादव, ज्योत्सिका मरासिनी, कृष्मा गुरुङ, तृषना विक, रचना चौधरी, रिया शर्मा, सावित्री धामी, साना प्रविन र सिमाना केसी

प्रकाशित: २८ कार्तिक २०८१ १६:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App