१९ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

रग्बी अवार्डबाट देवकोटा सम्मानित

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका छन्।

थाइल्यान्डको बैंककमा भएको एसियाका विभिन्न देशका रग्बी संघलाई दिइने अवार्डमा देवकोटा एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित भएका हुन्। यो अवार्डको मनोनयनमा देवकोटासँगै थाइ रग्बी युनियनका खुल्थोम प्राचुबमोह, युनाइटेड अरब इमिरेट्स (युएई) रग्बी फेडेरेसनका युसुफ साकेर, बंगलादेश रग्बी फेडेरेसनका सइद अहमेद, साउद अरबिया र कोरिया रग्बीका प्रतिनिधि थिए। तर, एसिया रग्बीको तीन सदस्यीय अवार्ड छनोट समितिले एसिया रग्बीको काउन्सिल सदस्यसमेत रहेका देवकोटालाई एसिया रग्बी अवार्ड फर क्यारेक्टरबाट सम्मानित गरेको हो।

एसिया रग्बीको अवार्ड छनोट समितिको सदस्यमा एसियाका कार्यकारी सदस्य घासन हज्जर, कार्यकारी सदस्य एवम् जेन्डर इक्विटीका अध्यक्ष नाहिद बियारजोमन्डी र एथ्लेट्स कमिटीका अध्यक्ष मिकाइल लिच थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव तथा रग्बी संघका पूर्वअध्यक्ष टंकलाल घिसिङ प्रेसिडेन्ट रिकग्निसन अवार्डबाट सम्मानित भए। उनी पछिल्लो कार्यकालमा एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन्।

धलाई अध्यक्षमा पुनः निर्वाचित

शुक्रबार भएको एसिया रग्बीको निर्वाचनबाट दुबईका कैस अब्दुलाह अल धलाई पुनः अध्यक्षमा चयन भएका छन्।

बैंककको लाक्सीमा भएको निर्वाचनमा धलाई फिलिपिन्सका अडा मिल्बीलाई हराउँदै दोस्रो लगातार दोस्रो कार्यकालका चयन भएका हुन्। कुल २८ मतमध्ये धलाईले १७ मत र अडाले ११ मत पाएका थिए। एसिया रग्बीको १३ सदस्यीय नेतृत्व चयनका लागि २७ जनाले दाबेदारी प्रस्तुत गरेका थिए। एक डेपुटी अध्यक्षका लागि तीन जना, तीन उपाध्यक्षका लागि ६ जना, एक सदस्य वल्र्ड रग्बी काउन्सिलका लागि चार जना तथा सात कार्यकारी सदस्यीय पदका १२ जनाको दाबेदारी भएको थियो। 

प्रकाशित: २४ कार्तिक २०८१ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App