७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

हङकङ सिक्सेस : क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

नेपाल हङकङ सिक्सेसको क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएको छ। लिग चरणमा इंल्यान्ड र अस्ट्रेलियालाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।  

१२४ रनको लक्ष्य पछ्याएको नेपाल ५ ओभरमा ८३ रनमा अलआउट भयो। रसिद खानले १८ बलमा ८ छक्का र एक चौकाको मद्दतमा ५५ रन बनाएपनि जित भने दिलाउन सकेनन्। नारायण जोशीले १३ रन बनाए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।  

नेपाललाई कम योगफलमा समेट्न लिहिरु समाराकुन र थारिन्डु रथनायाकेले समान २ विकेट लिए।  

पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो। उसका लागि सदुन विराकोडीले ५० रन बनाए।  

प्रतिश जिसी र नारायण जोशीले एकएक विकेट लिए।  

नेपालले लिग चरणमा अस्ट्रेलियलाई ११ रनले र इंल्यान्डलाई ६ विकेटले हराएको थियो । 

प्रकाशित: १७ कार्तिक २०८१ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App