१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया रग्बीमा श्रीलंका खेलकुदका डा. शेमल

श्रीलंकाको खेलकुद विकास विभागका प्रमुख प्रोफेसर डा. शेमल फर्नान्डो नेपाल आउने भएका छन्। नेपालमा हुने एसियाकै ठूलो रग्बी प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हेर्नका लागि उनी आउने भएका हुन्।

श्रीलंका एसिया रग्बीमा बलियो टोलीका रूपमा लिइन्छ। श्रीलंकाले दुई पल्टसम्म विश्वकप रग्बीको छनोटसमेत खेलिसकेको छ। यसपल्ट पनि श्रीलंकाले पनि काठमाडौंमा हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा चुनौती प्रस्तुत गर्दै छ। श्रीलंकाली टोलीसँगै श्रीलंकाको खेलकुद विकास विभागका प्रमुख शेमल नेपाल आउन लागेका हुन्। उनी श्रीलंकाको खेलकुद विभागका निर्देशक पनि हुन्।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते दशरथ रंगशालामा रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुँदै छ। सेभेन्स ट्रफी एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

पहिलोपल्ट नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतिस्पर्धा आयोजना हुन लाग्दा नेपालका रग्बी खेलाडी निकै उत्साहित पनि छन्। नेपालका पुरुष र महिला टोलीले यसै सेभेन्स ट्रफीका लागि पछिल्ला तीन महिनादेखि पोखरामा प्रशिक्षण गरिरहेको छ। संघले पनि तेस्रोपल्ट हुन लागेको एसिया रग्बीको ठूलो आयोजनाको तयारी तीव्र पारेको छ।

रग्बी इमिरेट्स सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोट माध्यम पनि हो। पछिल्लो समय नेपालमा पनि रग्बी खेलको गतिविधि बढी रहेको छ।

प्रकाशित: १२ आश्विन २०८१ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App