१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाढीको कहरः ललितपुरमा नौ जनाको शव फेला, ११ वेपत्ता

अविरल वर्षापछिको बाढी, पहिरो र डुबानका कारण उपत्यकाको ललितपुर जिल्लामा मात्रै नौ जनाको मृत्यु भएको छ । ११ जना वेपत्ता रहेको प्रहरी जनाएको छ । ललितपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी)नरहरि अधिकारीले ९ जनाको शव नै फेला पुष्टि गरेका छन । ‘

प्रहरीको जानकारीमा ११ जना वेपत्ता भन्ने आएको छ । उनीहरूमध्ये कोही मृतकभित्र परेका छन् वा छैनन् खुलेको छैन,’ उनले भने । यस्तै प्रहरीले हालसम्म २८१ जनाको उद्धार गरेको छ । मानिसको उद्धारमा खटिएकाले अन्य भौतिक क्षतिको विवरण भने आइनसकेको डिएसपी अधिकारीले बताए ।

प्रकाशित: १२ आश्विन २०८१ १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App