१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बकैयाको तटबन्ध बाढीले भत्कायो, लमाहा खोलाको पानी सदरमुकामतिर

दुई दिनदेखि परेको अविरल वर्षाले रौतहटका सबै साना र ठुला नदी भरिएको छ । खोलाहरूमा बाढी आउँदा हजारौँ बिगाहा धान खेत डुबानमा परेको छ भने कैयाैं बस्ती पनि डुबानमा परेको छ । यसै गरी रौतहट सदरमुकाम गौर पनि बाढीको चपेटामा पर्ने देखिएको छ ।

बकैया नदीमा बनाइएको तटबन्ध राजपुर नगरपालिकातिर बाढीले भत्काएको छ । बाढीले तटबन्ध कटान गरेपछि राजपुर नपाको बलुवा, बैरिया तथा ईशनाथ नपाको औरैया र बन्जरहातिर बाढीको पानी गएको छ ।

यसै गरी लमाहा खोलाको बाढीको पानीले दुर्गा भगवती गाउँपालिका ५ बडहर्वाको दर्जनौँ घरमा पानी पसेको छ । बडहर्वाको दलित बस्ती पूर्णतया डुबानमा परेको छ । बाढीको पानी सदरमुकाम गौरतिर गइरहेको छ ।

प्रकाशित: १२ आश्विन २०८१ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App