एन्फा महिला लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकाविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।
सातदेबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिका माथि ८ –० गोलको सानदार जित हासिल गरेको हो।
यो जितसँगै ८ खेलबाट १९ अंक जोडेको आर्मी पहिलो स्थानमा उक्लेको छ । त्यसै गरी पराजित वालिङ नगरपालिका ८ खेलबाट १२ अङ्क बटुलेर तालिकाको चौथो रहेको छ ।
यसअघि सोमबार नै भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कोसी प्रदेसबीचको खेल एक एक गोलबाट बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा एपीएफ फुटबल क्लबले सुदूरपश्चिम प्रदेसलाई १९ -० गोलले पराजित गरेको थियो ।
एन्फा महिला लिगमा मंगलबार दोस्रो खेल अन्तर्गत संकटा क्लब र बागमती युथ क्लबबीच दिउँसो ३ :३० बजे देखि खेल हुनेछ । ।
प्रकाशित: ८ आश्विन २०८१ १४:३२ मंगलबार