१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

खेवाङ गोल्डकप कार्तिक १० देखि १५ गतेसम्म हुने, विजेताले १ लाख ५१ हजार रुपैयाँ पाउने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा आउँदो कार्तिक १० देखि १५ गतेसम्म खेवाङ गोल्डकप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । खेवाङ स्पोर्टिङ क्लवको आयोजनामा हुने प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छ ।  

खेवाङ स्र्पोटिङ क्लवका अध्यक्ष विनम मावोका अनुसार प्रतियोगितामा उपविजेता हुने टिमले नगद १ लाख १ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छ । गोल्डकपमा म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई समेत विधागत रुपमा पुरस्कृत गरिने भएको छ ।  

खेवाङ स्पोर्टिङ क्लवले यसवर्षको गोल्डकपमा केञ्जो अर्थात् पदमचाललाई प्रतियोगिताको मस्कटको रुपमा प्रयोग गर्ने भएको छ । केञ्जोको संरक्षण तथा यसको विशेषता, महत्त्व र आकर्षण दर्शाउन केञ्जोलाई गोल्डकपको मस्कटका रुपमा प्रयोग गर्ने निर्णय भएको क्लवका अध्यक्ष मावोले जानकारी दिए । यसअघि भदौ ३ गते देखि ताप्लेजुङमा सञ्चालन भएको दोस्रो ताप्लेजुङ गोल्डकपमा रेडपाण्डा अर्थात् हाव्रेलाई मस्कटको रुपमा प्रयोग गरिएको थियो ।  

यता दुर्गम क्षेत्र मानिएको खेवाङमा आयोजना हुन लागेको गोल्डकपका लागि खेवाङ जन्मघर भई हाल इलाम नगरपालिका वडा नं ६ खरेलडाँडा बस्ने प्रकाश दाहालले गोल्पकपको प्रथम पुरस्कार प्रायोजना गरेका छन् । उनले बिजेता र उपविजेताको ट्रफी, मेडल र प्रमाण–पत्र समेत सौजन्य गरेको खेवाङ स्र्पोटिङ क्लवले जनाएको छ । 

प्रकाशित: २४ भाद्र २०८१ १६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App