१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ऐतिहासिक पदक विजेता पलेशालाई नगदसहित कांग्रेसको सम्मान

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्धनलाई नेपाली कांग्रेले ५ लाख नगदसहित सम्मान गरेको छ ।

ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी कांग्रेसले पारा ओलम्पिकमा तेक्वान्दोमा ऐतिहासिक कास्य पदक जितेकी पलेशालाई सम्मान गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।  

सोही कार्यक्रममा प्रशिक्षक कविराज नेगी लामालाई कांग्रेसले १ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको थियो ।  

ओलम्पिक खेलकुदको इतिहासमा पहिलोपटक नेपाली खेलाडीले पदक जितेका हुन् । पलेशालाई सरकारले यसअघि नै ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिसकेको छ भने माओवादी केन्द्रले पनि सम्मान गरेको छ ।  

 

प्रकाशित: २३ भाद्र २०८१ १८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App