३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

अन्तर प्रदेश तेक्वान्दो प्रतियोगितामा लुम्बिनीको वर्चस्व

‘प्रथम आमन्त्रित अन्तर प्रदेश आइटिएफ तेक्वान्दो खुला प्रतियोगिता’ मा लुम्बिनी प्रदेशले वर्चस्व कायम गरेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको शुक्र भलिबल स्टेडियममा बुधवारबाट उक्त प्रतियोगिता सुरु भएको हो । 

प्रतियोगितामा महिलातर्फ २१–२५ केजी तौल समूहमा लुम्बिनी प्रदेशकी राईका चौधरी पहिलो, कर्णाली प्रदेशकी स्मृति बुढा दोस्रो र लुम्बिनी प्रदेशकी कृष्णा सारु मगर तथा कर्णाली प्रदेशकी जेनिशा शाह तेस्रो भएका छन् । यस्तै २६–३० केजी समूहमा लुम्बिनी प्रदेशकी दिब्या थापा पहिलो, लुम्बिनी प्रदेशकै पुष्पा थापा दोस्रो र लुम्बिनी प्रदेशकी मानुसी थापा तथा लुम्बिनीकै आरिम बिष्ट तेस्रो भएका छन् । 

यसैगरी ३१–३५ केजी समूहमा लुम्बिनीकी संगिता खत्री पहिलो, कर्णालीकी सविता नेपाली दोस्रो र लुम्बिनीकै पूर्णिमा सुनार तथा कर्णालीकी कविता नेपाली तेस्रो भएका छन् । त्यस्तै ५०–५६ समूहमा लुम्बिनीकी विनिता बुढा पहिलो, सुदूरपश्चिमकी रुपा धामी दोस्रो र लुम्बिनीकी प्रेरणा विष्ट तथा लुम्बिनीकी लीला घर्तीमगर तेस्रो भएका छन्।

प्रतियोगितामा पुरुषतर्फ २०–२५ केजी तौल समूहमा लुम्बिनीका अर्पति कठायत पहिलो, कर्णाली प्रदेशका गौरव रोकाय दोस्रो र सुदूरपश्चिमका विपिन कुँवर तथा लुम्बिनीका श्याम खटिक तेस्रो भएका छन् । त्यस्तै ३१–३५ केजी समूहमा लुम्बिनीका शुभम नेपाली पहिलो, सुदूरपश्चिमका शुभम कुँवर दोस्रो र लुम्बिनीका पारश बुढा तथा लुम्बिनीकै फल बिसी तेस्रो भएका छन् ।

त्यसै गरी ३६–४० समूहमा लुम्बिनीका दिपेश पुन मगर पहिलो, लुम्बिनीका विकल्प बस्नेत दोस्रो र लुम्बिनीका मनोज राना तथा लुम्बिनीकै गोपाल सारुमगर तेस्रो भएका छन् । यस्तै ४१–४५ केजी समूहमा सुदूरपश्चिमका भुपेस नाथ पहिलो, लुम्बिनीका रोहन बिष्ट दोस्रो र लुम्बिनीका हिरालाल थापा तथा विप्लव राज पोखरेल तेस्रो भएका छन् ।

त्यसै गरी ४६–५० समूहमा लुम्बिनी प्रदेशका कृष्ण बाल्मिकी पहिलो, कर्णालीका गणेश ओली दोस्रो र लुम्बिनीका मेराज कसगर तथा सुदूरपश्चिमका दिनेश बहादुर बोहरा तेस्रो भएका छन् । त्यस्तै ५१–५५ केजी समूहमा कर्णालीका आयुष नेपाली पहिलो, लुम्बिनीका सन्तोष बुढामगर दोस्रो र सुदूरपश्चिमका भुपेन्द्र ओली तथा सुदूरपश्चिमकै जीवन पनेरु तेस्रो भएका छन् । यसैगरी ५६–६० केजी समूहमा लुम्बिनीका अर्जुन नेपाली पहिलो, लुम्बिनीकै प्रकाश आले दोस्रो र लम्बिनीका सुर्य सुनार तथा कर्णालीका नगेन्द्र सि.सि. तेस्रो भएका छन् ।

प्रतियोगिताका विजेता खेलाडीलाई प्रमुख अतिथि एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य डिबी तामाङ, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीका अध्यक्ष होमबहादुर सुनार लगायतले ट्रफी तथा प्रमाणपत्र वितरण गरे । मोडेल आइटिएफ तेक्वान्दो दो एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशका २ सय ८० जना खेलाडी सहभागी भएका थिए ।

प्रकाशित: २२ भाद्र २०८१ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App