३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा महिला लिग : एपिएफले आर्मीलाई हरायो

एन्फा महिला लिगमा एपिएफले पहिलो जित दर्ता  गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सम्पन्न खेलमा एपिएफले आर्मीलाई २-१ ले हराएको हो।

एपिएफको जितमा सविता रानामगर र गीता रानामगरले समान गोल गरे । आर्मीर्की विमला चौधरीले एक गोल फर्काइन् । यो जितसँगै एपिएफ दुई खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा उक्लिँदा समान खेलबाट तीन अंकसहित आर्मी पाँचौं स्थानमा झरेको छ । यसअघि पहिलो खेलमा एपिएफले विभागीय टोली नेपाल पुलिस क्लवसँग गोलरहित बराबरीको नतिजा सामना गर्दा आर्मीले भने संकटालाई ४–० ले पराजित गरेको थियो ।

आइतबार कोसी प्रदेश र कर्णाली प्रदेश तथा बागमती युथ क्लब र नेपाल पुलिस क्लबबिच खेल हुनेछ । 

प्रकाशित: २२ भाद्र २०८१ १५:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App