३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

पलेशालाई काठमाडौं महानगरको पाँच लाख

तस्बिर: विनय शाक्य

काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।

बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन्।

त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ। महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो।

फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन श्रेष्ठ बुधबार स्वदेश फर्किएकी हुन्।

गोवर्धनको स्वागत र सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको छ।

प्रकाशित: १९ भाद्र २०८१ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App