२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

दिल्ली सेभेन ‘ए’ साइड रग्बीमा कर्णाली च्याम्पियन

कर्णाली प्रदेशले नयाँ दिल्लीमा सम्पन्न दोस्रो दिल्ली सेभेन ‘ए’ साइड रग्बी कप प्रतियोगिताअन्तर्गत बल कपमा च्याम्पियन भएको छ।

दिल्ली हरिकेन्स क्लब र रग्बी इन्डियाको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा कर्णालीले बल कपको फाइनलमा दिल्ली वुल्भ्सलाई हराउँदै ट्रफी उचाल्यो । कर्णालीले फाइनलमा दिल्लीलाई ४३–० ले हरायो । 

त्यसअघि सेमिफाइनलमा कर्णालीले पूणेलाई हराउँदै उपाधि यात्रा तय गरेको थियो । यस क्रममा कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै पूणेमाथि ३३–५ को जित रच्यो । रग्बी कपमा भारतीय टोली राजस्थान, मुम्बई, ओडिशा, उत्तराखण्ड, दिल्ली, हरियाणा, पञ्जाव, पूणे र नेपालको कर्णाली प्रदेशजस्ता गरी कुल १७ प्रदेशका क्लबहरूले प्रतिस्पर्धा गरेका थिए ।

त्यसअघि कर्णाली प्रदेशले मुख्य ट्रफीका लागि भएको प्रतिस्पर्धामा सुखद प्रदर्शन गर्न सकेन । समूहको पहिलो खेलमा कर्णाली जयपुर क्लबसँग २२–७ ले पराजित हुन पुग्यो ।

दोस्रो खेलमा पनि कर्णाली पञ्जाबसँग १७–० ले पराजित भयो । त्यसपछि कर्णालीले बल विजेताको लागि अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको हो । बल प्रतिस्पर्धामा भने कर्णालीले सफलता पायो । पहिलो कपको प्रतिस्पर्धा भने दिल्ली हरिकेन्स डेस्ट्रयर्सले सफलता पायो । दिल्ली हरिकेन्स बोन क्रसर क्लब दोस्रो भयो । जयपुर तेस्रो स्थानमा सीमित भयो ।  

 

प्रकाशित: ११ भाद्र २०८१ २१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App