२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

मुँवाथाईका गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

नेपाली मुँवाथाईका सफल खेलाडी गुणराज रुचाल बैदेशिक प्रशिक्षणका लागि बुधबार अस्ट्रेलियाको पर्थ जाने भएका  छन् । एक महिने प्रशिक्षणका दौरान गुणराजले अस्ट्रेलियामा हुने प्रतियोगितामा पनि सहभागिता जनाउने छन् ।

उनलाई यो अवसर लिजेन्ड्स एकेडेमी पर्थले प्रदान गरेको हो । निःशुल्क प्रशिक्षणका साथै उनको सम्पूर्ण खर्च पनि लिजेन्ड्सले नै व्यहोर्ने बताइएको छ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले गुणराजलाई पाएको अवसरलाई भरपुर सदुपयोग गर्न सुझाउदै मंगलबार बिदाइ गरे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा गुणराजले हासिल गरेको सबै भन्दा ठूलो उपलब्धी गत मार्च १९ मा थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाइ च्याम्पियनसिपअन्तर्गत सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जित्नु हो । विश्व च्याम्पियनसिपको सेमी प्रोमा यो उपलब्धी हासिल गर्ने उनी पहिलो नेपाली मुवाँथाई खेलाडी हुन् ।

प्रकाशित: ११ भाद्र २०८१ १८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App