२९ भाद्र २०८१ शनिबार
image/svg+xml
खेल

अन्तरविद्यालय बास्केटबलको उपाधि चाँदबागलाई

द चाँदबाग स्कुलले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार सम्पन्न फाइनलमा  चाँदबागको छात्र  र छात्रा  दुवै टोलीले जित निकाल्न सफल भएर उपाधि जितेका हुन ।

छात्रतर्फ चाँदबागले रेडियन्ट पब्लिकलाई ३२–३० को झीनोअन्तरले पराजित गर्‍यो । चाँदबागका सुशन न्यौपानेले १४ अंक जोडे ।

छात्रातर्फ चाँदबागले पाठशाला, बानेश्वरलाई २६–८ ले सहजै हरायो । चाँदबागकी सौर्य बाराकोटीले १४ स्कोर गरिन् । छात्राको अर्को खेलमा एसएसएसभीएमले लिटिल एन्जल्सलाई २५–१५ ले पाखा लगायो । विजयी टिमका लागि नम्रताले २२ अंक बटुलिन् ।

छात्रतर्फ ओएसिस्ले पाठशाला, बानेश्वरलाई ३९–२४, एलआरआईले मल्पीलाई ५२–३६ र जेम्सले आइडियल मोडेललाई ४८–७ ले पन्छाए ।ओएसिस्का सफलले १९, एलआरआईका मन्दिप गुरागाईंले ३२ र जेम्सका नेल्सन श्रेष्ठले १५ अंक जोडे।

प्रकाशित: ११ भाद्र २०८१ १८:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App