२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

साफ यू २० को‌ उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने ,फाइनल पनि सातादोबाटोमै हुने

साफ यू २० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा अघिल्लो पटकको विजेता भारतलाई टाइब्रेकरमा बंगलादेशले हराएसंगै उपाधिका लागि नेपाल  र बंगलादेशबिच प्रतिस्पर्धा हुने भएको हो ।

यस अघि आयोजक नेपाल आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै फाइनलमा पुगेको हो । 

लिग चरणमा नेपालले बंगलादेशलाई हराएको थियो । फाइनल खेल बुधवार २ः३० बजे सुरु हुनेछ । यस अघि फाइनल खेल त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने भनिए पनि अन्ततः सातदोबाटो स्थित एन्फा कम्प्लेक्स नै हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।

प्रकाशित: १० भाद्र २०८१ २१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App