२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेटका रोहित पौडेल वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी

क्रिकेटका रोहितकुमार पौडेल वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । 

शुक्रबार काठमाडौंमा भएको एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन समेत रहेका उनलाई वर्षकै सर्वोत्कृष्ट पुरुष खेलाडी घोषणा गरिएको हो । योसँगै उनले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गरेकी छन् ।  

उनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, कँरातेका मोहम्मद सेखु आलम र गल्फका सुवास तामाङलाई पछि पार्दै उक्त अवार्ड हात पारे ।  

रोहितको कमानीमा रहेको नेपाली क्रिकेट टिमले यही वर्ष अमेरिका र वेष्टइन्डिजमा आयोजना भएको टी-२० विश्वकप क्रिकेट खेलेको थियो । उनकै कमानीमा नेपाल एसिया कपमा समेत सहभागी भएको थियो ।  

लिग २ खेल्न रोहित राष्ट्रिय क्रिकेट टिमसँगै अमेरिकामा रहेकाले उनको अवार्ड भने आमा र दाइले ग्रहण गरेका थिए । 

प्रकाशित: २८ भाद्र २०८१ १९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App