२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालका भिजनलाई तेक्वान्दोमा स्वर्ण

नेपालका भिजन तामाङले १४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) मा स्वर्ण जितेका छन्।

आइओएफटिसीको आयोजनामा शनिबार भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि भिजनले स्वर्ण जितेका हुन्।

दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई हराउँदै नेपाललाई स्वर्ण दिलाए।

नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन्। भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। प्रतियोगितामा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले पनि खेल खेलाएका थिए। ग्योरोगी र पुम्सेमा गरी अशोकले ३ फाइनलसहित ९ खेल खेलाए।

प्रकाशित: ९ भाद्र २०८१ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App