१५ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

पिनाकलले जित्यो अन्तर कलेज क्रिकेटको उपाधि

एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गर्यो ।

चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पछ्याएको हिमालयन व्हाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा हिमालयन व्हाइट हाउसको लागि नितिश मोक्तानले सर्वाधिक ३८ रन बनाए । मोहम्मद रियाजले १८ रन बनाए । पिनाकलको बलिंगमा अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द फाइनल समेत घोषित भएका थापाले ३ ओभरमा २२ रन खर्चिए । यस्तै अपराजित पौडेलले २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिंग गरेको पिनाकलले निर्धारित १० ओभरमा ४ विकेट क्षेतीमा ९८ रन बनायो ।

पिनाकलको लागि अभिषेक थापाले सर्वाधिक २४ रन बनाए ।यस्तै संदेश खड्काले १८, हिमाल बिस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाए । व्हाइट हाउसका जीवन कार्कीले २ विकेट लिए ।

विजेता पिनाकल कलेजले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा पिनाकलले सिक्षान्तर कलेजलाई १२ रनले तथा हिमालयन व्हाइट हाउसले एभीएस स्कुललाई २६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी पिनाकल एकेडेमीका अभिषेक थापा घोषित भए । यस्तै उत्कृस्ट ब्याटर शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कृस्ट बलर पिनाकल एकेडेमीका अभिषेक थापा, यस्तै उत्कृस्ट फिल्डर हिमालयन व्हाइट हाउसका नितिश मोक्तान घोषित भए । विजेता खेलाडीहरुले मुख्य प्रायोजक एईसीसी, क्यालीबर सुज, गोपाला फ्रेसोको तर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा सर्टिफिकेट पाए ।

विजेता खेलाडीहरुलाई नेपाल विद्यार्थी संघ काठमाडौँका अध्यक्ष मनिष डंगोल, ई–स्पोर्ट्स एसोसीएसन नेपालका सचिव अधिराज रेग्मी, नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिना तथा मिस्टर नेपाल २०१९ डा। सन्तोष उपाध्यायले पुरस्कार प्रदान गरे । ४ दिन सम्म चलेको प्रतियोगितामा ३२ वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रकाशित: ८ भाद्र २०८१ २०:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App