२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

वादोरियो टोली आज जापान जाँदै

नवौं अन्तर्राष्ट्रिय वादोरियो कराते प्रतियोगितामा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली आज जापानको टोकियो प्रस्थान गर्ने भएको छ।

अगस्ट २४ देखि २५ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र १ महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। 

पुरुष ६० केजीमुनि एलन श्रेष्ठ, ६७ केजीमुनि अनिल उपरकोटी र ३५ केजीमुनि आरोन शेरचनले प्रतिस्पर्धा गर्नेछन्। महिला ४० केजीमुनि सुस्मिता वाइबाले खेल्नेछिन्।

एलन छैटौं, सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपका स्वर्ण विजेता हुन्। सुस्मिताले सातौं र आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। आरोनले मलेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेका थिए।

अनिलको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। टोली प्रमुखमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं संस्थापक प्रमुख प्रशिक्षक हरिशरण केसी तथा अफिसियलमा राजु अधिकारी छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै पूर्वप्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार खुमलटारमा एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा, सचिव बिआर मित्रलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ५ भाद्र २०८१ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App