२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

कर्पोरेट ‘टी टेन’ मा २० टोली

भेट्रान ४० प्रालिको आयोजनामा हुने कर्पोरेट ‘टी टेन’ क्रिकेट लिगमा २० वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्ने भएका छन्।

भेट्रान ४० प्रालिले बुधबार पत्रकार सम्मेलन गर्दै कपार्रेट टी टेन लिगको पहिलो संस्करण आगामी भदौ १ गतेदेखि हुने जनाएको छ।

ललितपुरस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीको इन्डोर मैदानमा सञ्चालन हुने लिगमा २० कर्पोरेट हाउसले प्रतिस्पर्धा गर्ने भएका हुन्।

उक्त प्रतियोगिता गोदावरी स्टिल्सको मुख्य प्रायोजनमा हुँदै छ। त्यसका लागि बुधबार नै आयोजक भेट्रान्स ४० प्रमुख कार्यकारी अधिकृत सन्तोष भण्डारी र गोदावरी स्टिल्सका बजार प्रमुख युवराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बुधबार नै ‘ड्र’ मार्फत कुल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक, आइएमई ग्रुप, प्रभु बैंक, सालिको इन्स्योरेन्स तथा समूह ‘बी’ मा जगदम्बा समूह, एनआइसी एसिया बैंक, युनाइटेड अजोड इन्स्योरेन्स, लुम्बिनी बैंक र क्लाउड फ्याक्ट्री छन्।

समूह ‘सी’ मा आइसिएफसी फाइनान्स, डोग्मा ग्रुप, सानिमा जेनरल इन्स्योरेन्स, क्वेस्ट फार्मा, नेपाल एसबिआई बैंक तथा समूह ‘डी’ मा केआइइसी, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, अम्बे समूह र कर्मचारी सञ्चय कोष छन्।

कर्पोरेट ‘टी टेन’ क्रिकेट लिगको विजेता र उपविजेताले ट्रफी पाउनेछन्। साथै विजेताले भने आगामी संस्कणमा निशुल्क प्रवेश पाउनेछ। प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क ५० हजार रुपैयाँ तोकिएको थियो।

प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर र बलरले थाइल्यान्ड भ्रमणको प्याकेज पाउनेछन्। उत्कृष्ट फिल्डर र विकेटकिपरले भने पोखराका लागि दुईतर्फी हवाई टिकट प्राप्त गर्ने भएका छन्। प्लेयर अफ दी म्याचलाई ट्रफी र आइएमई पेबाट पेमेन्ट भौचर प्रदान गरिनेछ।

सर्वाधिक विकेटकर्ताले पर्पल क्याप र रनकर्ताले अरेन्ज क्याप पाउनेछन्। अनुशासित टोली र सर्वाधिक छक्का प्रहार गर्ने क्रिकेटरलाई ट्रफीसहित विशेष पुरस्कारको व्यवस्था गरिएको छ। हरेक टोलीबाट व्यावसायिक क्रिकेटरले पनि खेल्न पाउने भए पनि उक्त कर्पोरेट हाउसमा पछिल्ला ६ महिनादेखि काम गरेको हुनुपर्ने प्रावधान राखिएको आयोजकले जनाएको छ।  

प्रकाशित: ३० श्रावण २०८१ २१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App