१६ पुस २०८२ बुधबार
image/svg+xml
खेल

एएफसी च्याल्नेज लिग :भुटानी क्लब पारोद्धारा नेपाली क्लब चर्च ब्वाइज पराजित

एएफसी च्यालेन्ज लिग प्लेअफ फुटबलमा पारो एफसी बिजयी भएको छ।काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार सम्पन्न खेलमा भुटानी क्लब पारो एफसीले नेपाली क्लव चर्च ब्वाइजलाई  २-१ गोलको अन्तरबाट पराजित गरेको हो ।

खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरेर  अग्रता लिएका हुन। तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । मध्यान्तर पछि पारोले थप एक गोल गरेपछि विजयी हुन सफल भएको हो।

नेपालको चर्च ब्वाइज युनाइटेड क्लब सहिद स्मारक ए डिभिजन लिग विजेता हो भने पारो एएफसी भुटानको लिग विजेता हो ।

राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको थियो ।राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्च ब्वाइजमा ३ मात्र विदेशी खेलाडी थिए।

उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मुख्य केन्द्रविन्दुमा रहेको छ । पारोले होन्डाहसित ११ विदेशी खेलाडी टिममा राखेको थियो।

प्रकाशित: २९ श्रावण २०८१ २०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App