२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

विनोद र करण सेमिफाइनलमा

अछामका विनोद नागार्जे र बोसिगाउँका करण माली राष्ट्रव्यापी जुनियर तथा विद्यालयस्तरीय छात्रछात्रा बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शुक्रबार भएको जुनियर ब्वाइज ५७ केजी तौलसमूहमा विनोद र करणले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

जुनियर ५७ केजी तौलसमूहमा अछामका विनोदले दोस्रो राउन्डमै आरएससीको आधारमा आर्यन फिटनेसका सोनम लामालाई हराए। यसै तौलसमूहमा करणले बक्समान्डुका आदित्य साङ्गो लामालाई हराए। यो प्रतियोगिता एसियन जुनियर तथा स्कुल ब्वाइज र गल्र्स बक्सिङ च्याम्पियनसिपको आधार पनि हो।

प्रतियोगिताका विजेतामध्ये उत्कृष्टले युनाइटेड अरब इमिरेट्स (दुबई) मा आगामी अगस्ट २७ देखि सेप्टेम्बर १० सम्म च्याम्पियनसिपमा खेल्ने अवसर पाउनेछन्। जुनियरमा ५२ केजी तौलसमूहमा जेनेक्सका आयोग घिसिङ पनि सेमिफाइनलमा पुगेका छन्।

उनले क्वार्टरफाइनलमा भाइबका सफल श्रेष्ठलाई ३-२ को स्प्लिट डिसिजनको आधारमा पराजित गरे। ६३ केजी तौलसमूहमा एबिसीका युनिक राई पनि सेमिफाइनलमा पुगे। उनले फाइट प्रमोसनका लियो बरदाननर्सिङ राणालाई ३-२ को स्प्लिट डिसिजनका आधारमा हराए।

सोही तौलसमूहमा सुनसरीका दिहाङ लिम्बूले उदयपुरका एलन राईलाई पहिलो राउन्डमै आरएससीको आधारमा पराजित गरे। ६३ केजी तौलसमूहमा नै भाइबका सरिन श्रेष्ठले क्वार्टरफाइनलमा एनएफसीका रोयन बैदारलाई ४-१ को स्प्लिट डिसिजनका आधारमा हराए।

जुनियर छात्रा ४६ केजी तौलसमूहमा दमकका दिप्सा काम्बाङले बक्समान्डुका हसिना डंगोललाई पहिलो राउन्डमै आरएसीका आधारमा हराइन्। स्कुल छात्रा ४९ केजी तौलसमूहमा भक्तपुरका सायरा गासाईले सिजिजीका सेलेक्सी बम्जमलाई ५–० युनानिमस डिसिजनका आधारमा पराजित गरे।

स्कुल छात्रतर्फ ४६ केजी तौलसमूहमा एबिसीका अनिस राई, सुनसरीका कुन्जन थापा र झापाका लगेहाङ लिम्बु सेमिफाइनलमा पुगेका छन्। एबिसीका अनिसले थानकोटका प्रकट महर्जनलाई, सुनसरीका कुञ्जनले बानुजका आसुतोस सुवेदीलाई र लगेहाङले फाइटका रोशन शेर्पालाई समान अन्तर ५-० ले हराए। ४९ केजी तौलसमूहमा भाइबका सम्पूर्ण अधिकारी पनि अन्तिम चारमा पुगेका छन्। उनले स्विटको अनिमेश महरलाई ३-२ को स्पिलिट डिसिजनका आधारमा हराए।

छात्र ५२ केजी तौलसमूहमा केबिएका अंकित कार्कीले सुनसरीका नवाङ लिम्बूलाई ५-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका छन्। नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा सञ्चालन भएको छनोट प्रतियोगिता आगामी साउन १४ गतेसम्म हुनेछ।

उक्त प्रतियोगिता जुनियरतर्फ आठ महिला र पुरुषमा ८२ जनाले प्रतिस्पर्धा गर्नेछन्। विद्यालयतर्पm ४४ छात्र र १४ छात्रा गरी कुल एक सय ४८ बक्सरले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित: १२ श्रावण २०८१ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App