४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

नागरिककर्मी बस्नेत सम्मानित

नागरिककर्मी चुमनकुमार बस्नेतलाई सम्मान गर्दै कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारलगायत । तस्बिर/नागरिक

कोशी प्रदेश खेलकुद विकास वोर्डले नागरिककर्मी चुमनकुमार बस्नेतलाई सम्मान गरेको छ । सञ्चार क्षेत्रबाट कोशी प्रदेशको खेलकुदको विकासमा सहयोग पुर्‍याएको भन्दै प्रदेश खेलकुद विकास बोर्डले आइतबार विराटनगरमा एक समारोहकाबीच  मोरङ संवाददाता बस्नेतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरेको हो ।  

यसैवीच अन्य पत्रकारहरू अन्नपूर्ण पोष्टका किशोर बुढाथोकी, नेपाल टेलिभिजन इटहरीकी भुमिका पाख्रीन, विराटनगरका पत्रकार पुस्पराज थपलियालगायतलाई पनि नगद राशीसहित सम्मान गरेको छ ।  

कोशी प्रदेशका खेलाडी, प्रशिक्षक, व्यवस्थापकसहित २ सय बढीलाई कोशी प्रदेश खेलकुद विकास वोर्डले पुरस्कृत गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, वोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलगायतले पुरस्कृतहरूलाई नगद र  सम्मान पत्र प्रदान गरे  ।  

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई अन्तराष्ट्रिय खेलको हवका रुपमा विकास गर्ने तयारी भइरहेको बताए  । कार्कीले कोशी प्रदेशमा खेलकुदको पूर्वाधार निर्माणले तिब्रता लिंदै गएको र केहि वर्ष भित्रै अन्तराष्ट्रिय खेलकुद हवका रुपमा विकास गर्ने योजनाका साथ प्रदेश सकारले काम गरिरहेको जानकारी दिए ।  

उनले झापाको आदिवासी रंगशाला निर्माणको क्रममा रहेको, विराटनगरको वैजनाथपुर रंगशाला प्रदेशको मातहतमा ल्याएर चाँडोभन्दा चाँडो निर्माण गर्न संघ सरकारसँग पहल थालिएको, विराटनगर आसपासमा अन्तराष्ट्रिय रंगशला निर्माणका लागि पहल सुरू गरिएको मुख्यमन्त्री  कार्कीले बताए ।  

खेलकुदको पूर्वाधार विकाससँगै खेलाडीहरूको क्षमता अभिवृद्धि, प्रोत्साहनलगायतका कामलाई पनि प्रदेश सरकारले ध्यानमा राखेको मुख्यमन्त्री कार्कीले बताए ।  

मुख्यमन्त्री कार्कीले राजनीतिक अस्थिरताका कारण कोशी प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसके पनि अब, राजनीतिक स्थिरता तर्फ  प्रदेश अघि बढेकाले खेलकुद क्षेत्रमा सरकारले उल्लेख्य काम गर्ने दबी गरे  । ‘राजनीतिक अस्थिरताले प्रदेशमा सोचे जसरी काम गर्न नसकिएको भए पनि अदालतको आदेश पनि राजनीतिक स्थिरतातर्फ प्रदेश अघि बढेकाले अब, खेलकुद क्षेत्रमा कोशी सरकारले उल्लेख्य काम गर्नेछ’ मुख्यमन्त्री कार्कीले भने ।  

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खेलेर गौरवकासाथ बाँच्न सकिन्छ भन्ने स्थापित गर्न कोशी प्रदेश खेलकुद वोर्ड लागि परेको बताए । उनले केहि वर्ष भित्रै खेलाडीलाई गौरबकासाथ सम्मानित रुपमा बाँच्ने अवस्था  सृजना हुने बताए ।  

कार्यक्रममा राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरू र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेता विद्यार्थी खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो । खेलाडीहरूलाई १५ हजार देखि ५० हजार रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरिएको थियो ।  

प्रकाशित: ३० असार २०८१ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App