२२ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

भक्तपुरमा खेलकुद सप्ताह सुरु

भक्तपुरमा बिहीवारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायणमा सुरु भएको खेलकुद सप्ताहमा कलेजमा स्नातक तह बीई तथा बिआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थीहरू संलग्न हुनेछन्।

सप्ताहको उद्घाटन कलेजकै कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले गरेका छन्। उद्घाटन कार्यक्रममा कलेजका पदाधिकारीहरूले खेलकुदका विविध विषयमा चर्चा गरेका थिए।

खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवललगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाका संयोजक एसोसिएट प्रोफेसर विष्णुप्रसाद भण्डारीले जनाए।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ।

कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरूलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण गरिने छ।

प्रतियोगिता असार ३० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: २७ असार २०८१ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App