१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ग्ल्यान्डका तीव्र गतिका बलर जोर्डनले रचे इतिहास, लिए ह्याट्रिक

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ का खेलहरू अहिले जारी छन्। जारी विश्वकप क्रिकेटमा विभिन्न विश्व किर्तीमानी रेकर्डहरू बन्ने क्रम पनि जारी छ।

विश्व किर्तीमानी रेकर्ड बनाउने क्रममा प्याट कमिन्स पछि क्रिस जोर्डनले पनि इतिहास रचेका छन्।

इङ्ग्ल्यान्डका ३५ वर्षीय तीव्र गतिका बलर जोर्डनले आइतवार अमेरिकासँग भएको खेलमा विश्व इतिहास रच्दै ह्याट्रिक विकेट लिए। जारी विश्वकपमा ह्याट्रिक विकेट लिने उनी दोस्रो खेलाडी बनेका छन्। त्यसअघि प्याट कमिन्सले जारी विश्वकपको दुई खेलमा ह्याट्रिक विकेट लिइसकेका छन्।

जोर्डनले अमेरिकाविरुद्धको खेलमा २.५ ओभरमा जम्मा १० रन खर्चेर ४ विकेट हासिल गरे। १९ औँ ओभरमा बलिङ्ग गर्न आएका उनले अली खान, नोस्थुश केन्जिगे र सौरभ नेत्रवलकरलाई लगातार ३ बलमा आउट गरेर ह्याट्रिक गरे। योसँगै जोर्डन जारी विश्वकप क्रिकेटमा ह्याट्रिक लिने इङ्ग्ल्यान्डका पहिलो बलर बनेका छन्।

प्रकाशित: १० असार २०८१ ०८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App