१३ असार २०८१ बिहीबार
image/svg+xml
खेल

रोहितसँग झगडा गरेका तान्जिममाथि कारबाही, १५ प्रतिशत शुल्क जरिवाना तिर्नुपर्ने

तस्बिरः आईसिसी

बङ्गलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिब कारबाहीमा परेका छन्।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ।

आइतवार बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तेस्रो पारी चलिरहँदा उक्त घटना भएको थियो। जहाँ नेपालका कप्तान रोहित पौडेल ब्याटिङ्गका लागि मैदानमा आएपछि तान्जिमले पौडेलसँग मिडपिच कुराकानी गरेका थिए भने तान्जिमले रोहितलाई धक्का समेत दिएका थिए।

तान्जिमले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूका लागि आईसीसी आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आईसिसीले जनाएको छ। आईसिसीका अनुसार खेलाडी, खेलाडी समर्थन कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित हुनु नियम विपरित हो।’

थर्ड अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनासहित मैदानी अम्पायर अहसान रजा र साम नोगाज्स्कीले पनि उक्त घटनाबारे आईसिसीलाई जानकारी गराएका थिए।

तान्जिमले पनि आफूले गल्ती गरेको स्वीकारेपनि थप सुनुवाई नगर्दै आईसिसीले उनलाई कारबाही गरेको हो।

आइतवारको खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर ८ को यात्रा गरेको हो।

प्रकाशित: ५ असार २०८१ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App