८ असार २०८१ शनिबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले दोश्रो विकेट लियो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । कुशल भुर्तेलले दोस्रो विकेट लिएका हुन ।उनले एडेन माक्ररमलाई १५ रनमा आउट गरेका हुन । दक्षिण अफ्रिकाको दोस्रो विकेट ११ दशमलब २ ओभरमा ६८ रन हुँदा खसेको हो ।

नेपालका लागि पहिलो दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन । उनले क्विन्टन डि ककलाई १० रनमा आउट गरेका हुन । दक्षिण अफ्रिकाको पहिलो विकेट ३ दशमलब ४ ओभरमा २२ रन हुँदा खसेको हो ।

सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा राखिएको छ । बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

दक्षिण अफ्रिकाको प्लेइङ स्क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम, हेनरिक क्लासेन, डेविड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कागिसो रबाडा, एनरिक नोर्किया, ओटनिल बार्टमान र तबरेज शाम्सी

नेपालको प्लेइङ स् कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित: १ असार २०८१ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App