८ असार २०८१ शनिबार
image/svg+xml
खेल

आयरल्यान्ड र अमेरिका भिड्दै, सुपर ८ मा पुग्ने अमेरिकाको लक्ष्य

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रवार अमेरिका र आयरल्यान्डबीच खेल हुँदैछ।

अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

मोनाङ्क पटेलको कप्तानीमा रहेको अमेरिकाले शुक्रवारको खेलमा जित निकाल्दै सुपर ८ मा पुग्न चाहन्छ भने आयरल्यान्ड पहिलो जितको खोजीमा रहने छ।

समूह ‘ए’ बाट भारत एक खेल अगावै सुपर ८ मा पुगिसकेको छ भने अमेरिका सुपर ८ मा पुग्ने बलियो दाबेदार मानिएको छ। हालसम्म ३ खेल खेलेको अमेरिकाले २ मा जित निकालेको छ भने एक खेलमा पराजि भएको छ। र, ४ अङ्क जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।

आयरल्यान्ड भने समूहको पुछारमा रहेको छ।

प्रकाशित: ३२ जेष्ठ २०८१ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App