१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

टी २० विश्वकप क्रिकेटः पाकिस्तानबिरुद्ध क्यानडा पहिला ब्याटिङ गर्दै

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत अहिले पाकिस्तान र क्यानडाबिच खेल भइरहेको छ ।अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी यी दुई विचको खेलमा  पाकिस्तानले  टस जितेर  क्यानडालाई पहिला ब्याटिङ निम्तो दिएको हो ।  

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आज पहिलो जितको खोजीमा मैदान उत्रने छ भने साद बिन जाफरको कप्तानीमा रहेको क्यानडा आफ्नो दोस्रो जितको खोजीमा रहने छ।

हालसम्म जारी सिजनमा पाकिस्तानले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने क्यानडाले एक खेल जितेको छ र अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।जारी खेलमा पाकिस्तान आयोजक अमेरिकासंग सुपर ओभरमा तथा भारतसंग ६ रनले पराजित भएको थियो । क्यानडाले भने पहिलो खेलमा अमेरिकासंग हारेको हो ।  

पाकिस्तानः १ मोहम्मद रिजवान (विकेटकीपर), २ सैम अयुब, ३ बाबर आजम (कप्तान), ४ फखर जमान, ५ उस्मान खान, ६ शादाब खान, ७ इमाद वासिम, ८ शाहीन शाह अफ्रिदी, ९ नसीम शाह, १० हरिस रउफ, ११ मोहम्मद अमिर

क्यानडाः १ आरोन जोन्सन, २ नवनीत धालीवाल, ३ परगट सिंह, ४ निकोलस किर्टन, ५ श्रेयस मोव्वा (विकेटकीपर), ६ रविन्द्रपाल सिंह, ७ डिलोन हेलिगर, ८ साद बिन जफर (कप्तान), ९ कलीम साना, १० जुनैद सिद्दीकी, ११ जेरेमी गोर्डन

प्रकाशित: २९ जेष्ठ २०८१ २०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App