२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सुरु

भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स मंगलबार सुरु भएको छ । सातदोबाटोस्थित नेपाल ओलम्पिक भवनमा सुरु भएको कार्यक्रम पहिलो चरणको कोर्स हो । यस कार्यक्रममा सहभागी हुनेले भारोत्तोलनको प्रशिक्षण सम्बन्धी जानकारी पाउने छन् । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरे । त्यस अवसरमा कमिटीका प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुद डोपिङबारे सचेत हुन पर्नेमा जोड दिंदै शक्तिबर्धक प्रतिबन्धित औषधिको प्रयोगलले खेलाडीको जीवनमा प्रतिकुल प्रभाव पार्ने बताए ।

 यस्तै उनले आफ्नै देशमा हुने यस्तो कार्यक्रममा सहभागी हुनेले बढी भन्दा बढी सिक्ने अवसरको सदुपयोग गर्नु पर्नेमा जोड दिए । कार्यक्रम पाँच दिनसम्म चल्ने छ । कार्यक्रकमा कोर्स निदेशकको भूमिकामा ३० वर्षीय सर्बियाली एरभिन रोज्सयाानिक रहेका छन् । 

प्रकाशित: २९ जेष्ठ २०८१ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App