१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

क्यानलाई राखेपको ध्यानाकर्षण: विश्वकपमा सहभागी खेलाडीलाई कुनै पनि कार्यक्रममा जान नदिनू

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) लाई अमेरिका र वेस्ट इन्डिजमा जारी विश्व कप पुरुष टी– २० क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको विश्वकप प्रदर्शनमा पूर्णरुपले केन्द्रित गर्न गराउन शुक्रबार ध्यानाकर्षण गराएको छ ।

विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरुपले केन्द्रित भइ उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्यहरू गर्नु पर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख आयोजना भएका  मिट एन्ड ग्रिट  कार्यक्रममा राष्ट्रिय टिमका खेलाडीहरूलाई सहभागी गराउनाले टिमको व्यावसायिक स्तरको विषयमा चासोका सन्दर्भमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ । राखेप अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले क्यानलाई पठाएको पत्रमा भनिएको छ ।

राखेपले अन्य व्यक्ति तथा संस्थाले आयोजना गर्ने कुनैपनि खालका कार्यक्रममा सहभागी नहुन÷नगराउन तथा आफ्नो खेलमा पूर्णरुपमा केन्द्रित भई आवश्यक कार्यका लागि क्यानलाई निर्देशन दिएको छ । नेपाली क्रिकेटको इतिहासमा दोश्रो पटक सहभागी भएको नेपाली क्रिकेट टिमलाई जारी प्रतियोगितामा उच्च खेल प्रदर्शनका लागि राखेपले शुभकामना पनि व्यक्त गरेको छ ।

प्रकाशित: २५ जेष्ठ २०८१ १९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App