सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो
गत आवको छ महिनामा भने ५८८ रेल्वे र्याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्जको सुक्खा बन्दरगाहमा भारतको कोलकत्ता र हल्दिया पोर्ट र विशाखापटनम लगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ। एक पटकमा रेल्वे र्याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ।

