१० असार २०८३ बुधबार
image/svg+xml
राजनीति

सदस्यता वितरणका लागि ७७ जिल्लामा कांग्रेसका प्रतिनिधि

नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको तयारीको लागि नयाँ क्रियाशील सदस्यता वितरणको लागि  ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।  

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण तथा व्यवस्थापन कार्यको लागि जिल्लागत रूपमा प्रतिनिधि परिचालन गरेको हो।  

कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरूलाई सदस्यता वितरण सँगै अनुगमन, समन्वय तथा व्यवस्थापनको जिम्मेवारी दिएको छ।  पार्टीले यसपटक विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।   

प्रकाशित: १० असार २०८३ १३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App