२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

सप्तरी प्रिमियर लिग: वर्षाका कारण दुवै खेल रद्द

सप्तरी प्रिमियर लिगको छैटौं संस्करणअन्तर्गत सातौँ दिनका दुवै खेल वर्षाका कारण रद्द भएका छन्। कञ्चनरूप राइनोज र सनराइज ११ तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्सबीचको खेल रद्द भएका हुन्।

टस जितेर ब्याटिङ गरेको कञ्चनरूपले ६.३ ओभरमा विकेट नगुमाई ११५ रन बनाएको थियो। त्यसपछि भारी वर्षा भएपछि खेल सञ्चालन हुन सकेन। खराब आउटफिल्डका कारण खेल ११ ओभरमा घटाइएको थियो।

कञ्चनरूपका शुभ कंसाकारले अविजित ७५ तथा राकेश कामतले अविजित ३३ रन बनाए। आक्रामक ब्याटिङ गरेका शुभले २१ बलमा चार चौका र नौ छक्का प्रहार गरे । राकेशले १८ बलमा तीन चौका र दुई छक्काको मद्दतले ३३ रन बनाए।

छिन्नमस्ता लायन्स र तिरहुत टाइगर्सबीचको खेल भने टससमेत नभई रद्द भयो। यो नतिजासँगै लिग चरणका सबै पाँच खेल समाप्त हुँदा छिन्नमस्ता लायन्स तीन जित र दुई नतिजाविहीन खेलपछि आठ अंकसहित शीर्ष स्थानमा छ।

छिन्नमस्ताले पहिलो क्वालिफायर स्थान पक्का गरेको छ। यस्तै, सबै पाँच खेल खेल्दा तीन जित, एक हार र एक नतिजाविहीन भएको कञ्चनरूप सात अंक बटुल्दै दोस्रो स्थानमा छ। कञ्चनरूपले पनि प्लेअफ खेल्ने पक्का भइसकेको छ। 

अंकतालिकामा तेस्रो स्थानमा रहेको तिरहुत टाइगर्सले पनि प्लेअफमा स्थान पक्का गरेको छ। तिरहुत टाइगर्सले चार खेलमा दुई जित, एक हार र एक नतिजाविहीन खेलपछि पाँच अंक जोडेको हो।

चार खेलमा एक जित, एक हार र दुई नतिजाविहीन खेलका साथ सनराइज ११ तिलाठी कोइलाडी चार अंकसहित चौथो स्थानमा छ। एक खेल खेल्न बाँकी रहेको राजविराज राजदेवी ११ को चार खेलमा एक जित र तीन हारसहित दुई अंक रहेको छ।

तिलाठी कोइलाडी र राजविराज राजदेवीको प्लेअफ सम्भावना कायमै छ। चारवटै खेलमा हारपछि अंकविहीन बलान बिहुलको भने प्लेअफ सम्भावना समाप्त भइसकेको छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App