१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पेरिस ओलम्पिकमा सन्तोषी

म्याराथन धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा प्रतिस्पर्धा गर्ने भएकी छन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णविजेता सन्तोषीले युनिभर्सल कोटामा पेरिस ओलम्पिक खेल्ने भएकी हुन्।

उनले १३औं सागमा दश हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। गत १९औं एसियाली खेलकुदमा पनि सन्तोषी दश हजार र पाँच हजार मिटर दौडकी प्रतिस्पर्धा हुन्। तर, आगामी पेरिस ओलम्पिकमा भने उनले म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी छन्।

नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल एथलेटिक्स संघले युनिभर्सालिटी कोटाबाट सन्तोषीको नाम सिफारिस गरेका थिए।

अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले उक्त सिफारिस स्वीकृत गरेको हो। यससँगै आगामी पेरिस ओलम्पिक खेल्ने नेपाली खेलाडीको संख्या अहिलेसम्म तीन पुगेको छ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठले बिहीबार मात्र दक्षिण एसिया छनोटमा च्याम्पियन हुँदै पेरिस ओलम्पिकका लागि स्थान बनाइसकेका छन्। ब्याडमिन्टनका प्रिन्सले दाहालले पनि युनिभार्सलिटी कोटाबाट पेरिस ओलम्पिक खेल्न लागेका हुन्।

पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पनि एसियाली छनोटबाट पेरिस पारालिम्पिक २०२४ मा स्थान बनाइसकेकी छन्।

प्रकाशित: ५ जेष्ठ २०८१ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App