१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

बैङ्गलोरको कम ब्याक, दिल्लीमाथि जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना कायमै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले कम ब्याक गरेको छ।

गयराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै बैङ्गलोरले जित हात पारेको छ। जितसँगै बैङ्गलोरको प्ले अफमा पुग्ने सम्भावना पनि कायमै रहेको छ।

जारी सिजनको सुरुआतमा कमजोर प्रदर्शन गर्दै आएको बैङ्गलोरले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै कम ब्याक गरेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बैङ्गलोरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १८७ रन बनायो। १८८ रनको लक्ष्यसहित मैदान उत्रेको दिल्ली ५ बल बाँकी छदै अलआउट भयो र १४० रन मात्रै बनाउन सक्यो।

बैङ्गलोरको जितका लागि रजत पाटिदारले सर्वाधिक ५२ रनको पारी खेले भने विल ज्याक्सले ४१ रन जोडे।

दिल्लीका अक्षर पटेलले ५७ रनको पारी खेलेपनि त्यो जितका लागि काम लाग्न सकेन। दिल्लीलाई जितबाट रोक्नका लागि यश दयालले २० रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे भने लकी फेरगुसनले २३ रन खर्चेर २ विकेट लिए। यस्तै स्वपनिल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले समान १÷१ विकेट हात पारे।

जितसँगै बैङ्गलोर अङ्क तालिकाको पाँचौ स्थानमा उक्लेको छ भने पराजित दिल्ली छैटौँ स्थानमा रहेको छ।

त्यसअघि आइतवार नै भएको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्सले राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै जित हात पार्यो । टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको राजस्थानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४१ रन बनायो। १४२ रनको लक्ष्यसहित मैदान उत्रेको चेन्नईले निर्धारित ओभरको १८.२ ओभर खेल्दै ५ विकेटको क्षतिमा हासिल गर्यो।

चेन्नईको जितका लागि कप्तान ऋतुराज गायक्वाडले नट आउट रहँदै सर्वाधिक ४२ रन जोडे भने रचिन रविन्द्रले २७ अनि डिरेल मिचेलले २२ रन जोेडे।

त्यसअघि ब्याटिङ्ग गरेको राजस्थानका लागि रियान परागले नट आउट रहँदै ४७ रन जोडे। तर, त्यो जितका लागि भने काम लागेन। 

प्रकाशित: ३१ वैशाख २०८१ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App