३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

विनोद र अनिल आउट

पाँच खेलको टी–२० श्रृंखला अन्तर्गत आजको खेलको दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपाललाई  दोस्रो झट्का लागेको  छ।  

पछिल्लो विकेटका रुपमा अनिलकुमार साह १० बल खेलेर १४ रनमा आउट भएका छन्। उनी वेस्ट इन्डिज ‘ए’का मोतीको बलमा चेसबाट क्याच आउट भएका हुन।

यसअघि आउट भएका विनोद भण्डारी १५ बलमा ४ चौकाको सहायताले १९ रन बनाउन सफल भएका थिए। उनी वेस्ट इन्डिज ‘ए’का एलेनको बलमा वाल्शबाट क्याच आउट भएका हुन।

ओपनर ब्याटरमा रुपमा मैदान प्रवेश गरेका भण्डारी क्रिजमा टिकेर खेल्ने प्रयास गर्दै थिए। उनले मध्यम खालको खेल प्रर्दशन गरिरहेका थिए। अनिल सुरुवाती प्रर्दशन ठिकठिकै थियो।

नेपालले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६७ रन मात्र बनाउन सफल भएको छ। वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि २२८ रनको विशाल लक्ष्य दिएको छ।

प्रकाशित: १९ वैशाख २०८१ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App