३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

तेस्रो टि–२० मा वेस्ट इन्डिज ‘ए’ को आक्रामक सुरुवात

त्रिवि क्रिकेट मैदानमा जारी मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजको तेस्रो खेलमा पाहुना टोली वेस्ट इन्डिज ‘ए’ले आक्रामक सुरुवात गरेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको क्यारेबियन टोलीले ओपनर जोनसन चाल्र्सको अर्धशतकको मद्दतले ७ ओभरमै ८५ रन जोडेको छ। चाल्र्सले २५ बलमा ५१ रन बनाएका छन्। जसमा पाँच चौका र चार छक्का प्रहार गरेका छन्।

अर्का ओपनर एलिक अथानाजेले १० बलमै १७ रन जोड्दा कमलसिँह ऐरीबाट रनआउट भए।

तेस्रो नम्बरमा आएका आन्द्रे फ्लेचरले पनि १७ रन जोडिसकेका छन्। 

प्रकाशित: १९ वैशाख २०८१ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App