२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, आसिफ र दीपेन्द्रकाे अर्धशतक

ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई खेल जित्न लागि २११ रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१० रन बनायो। नेपालका लागि आशिफ शेख र दीपेन्द्र सिंह ऐरी अर्धशतक पुरा गरे।

नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। उनले एकै ओभरमा छ छक्का प्रहार गर्दै यसअघि भारतका युवराज सिंहका नाममा रहेको कीर्तिमानको बराबरी गरेका छन्। पारीको अन्तिम ओभरमा बलिङ गर्न कतारका कमरान खान आएका थिए। उक्त ओभरको छ बलमा ऐरीले छ छक्का प्रहार गरेका थिए।

दीपेन्द्रले बिस्फोटक ब्याटिङ गर्दै ६४ रन जोडे। उनले २१ बलमा ७ छक्का ३ चौकाको मद्दतमा ६४ रन बनाएका हुन्।

नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले। उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए। कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए। साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो।

प्रकाशित: १ वैशाख २०८१ १८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App