२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आईपीएलमा आज बलियो लखनउ कमजोर दिल्लीको सामना गर्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बलियो टोली लखनउ सुपर जाइन्ट्स र कमजोर टोली दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ।

लखनउस्थि इकाना स्टेडियममा हुने आजको खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।

केएल राहुलको कप्तानीमा रहेको लखनउ जारी सिजनको बलियो टोली सावित भएको छ। हालसम्म ४ खेल खेलेको लखनउले ३ मा जित र १ मा पराजित हुँदै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ। जबकी ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली जारी सिजनको सबैभन्दा कमजोर टिम बनेको छ। हालसम्म ५ खेल खेलेको दिल्लीले १ खेलमा जित र ४ खेलमा पराजित हुँदै अङ्क तालिकाको पुछारमा रहेको छ।

सन् २०२२ मा आईपीएलमा आएको लखनउ र दिल्लीबीचको हेड टु हेडमा ३ खेल भएका छन्। जसमा दिल्लीले एक खेल पनि जितेको छैन। तर, आजको खेलमा जित निकाल्दै दिल्ली लखनउविरुद्ध पहिलो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ भने लखनउ आफूलाई अङ्क तालिकामा माथि उचाल्न चाहन्छ।

आजको खेलमा विकेट किपर केएल राहुल, निकोलस पुरन, ऋषभ पन्त, क्विन्टन डि कक, ब्याट्सम्यान ट्रिस्ट स्टब्स, देवदत्त पडिक्कल, अलरान्डर अक्षर पटेल, क्रुणाल पाण्ड्या, ललित यादव, बलर कुलदीप यादव र मयनक यादवमाथि सबैको नजर रहने छ।

प्रकाशित: ३० चैत्र २०८० १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App