२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पूर्व अमेरिकी फुटबल खेलाडी ओजेको निधन

पूर्व अमेरिकी फुटबल स्टार ओजे सिम्पसनको ७६ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरका कारण लामो समयदेखि पीडित उनको बुधवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

विभिन्न विवादमा मुछिएका सिम्पसनलाई ‘ट्रायल अफ सेञ्चुरी’ भनेर पनि चिनिन्छ। 

उनीमाथि आफ्नो पूर्व पत्नी निकोल ब्राउन र उनका साथीको हत्या गरेको आरोप लागेको थियो। तर, पछि उनलाई उक्त आरोपबाट मुक्त गरिएको थियो। सन् २००८ मा हतियारको चोरी गरेको आरोपमा उनलाई जेल सजाय भएको थियो।

१९४७ मा जन्मेका सिम्पसनले अमेरिकी फुटबलमा ठूलो योगदान गरेका छन्। अमेरिकी फुटबल अन्य फुटबलभन्दा फरक रग्बी जस्तै हुने गर्छ। जसमा उनले विभिन्न किर्तमान कायम गरेका छन्।

प्रकाशित: ३० चैत्र २०८० ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App