२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दिल्लीलाई हराउँदै मुम्बईले खोल्यो खाता, गुजरातमाथि लखनउको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जितका साथ खाता खोलेको छ।

आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २९ रनले हराउँदै जारी सिजनमा मुम्बईले पहिलो जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ५ विकेटको क्षतिमा २३४ रन बनायो। २३५ रनको लक्ष्यसहित मैदान उत्रेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो।

हालसम्म मुम्बईले कुनैपनि खेलमा जित हात पार्न सकेको थिएन भने दिल्लीले एउटा खेलमा मात्रै जित हात पारेको छ। आइतवारको खेलमा जित निकालेसँगै मुम्बई अङ्क तालिकाको पुछारबाट माथि उक्लिदै आठौँ स्थानमा पुगेको छ। दिल्ली भने पुछारमा रहेको छ।

गयराति नै भएको खेलमा एक पटकको विजेता एवं साविक उपविजेता गुजरात टाइटन्सलाई ३३ रनले हराउँदै लखनउ सुपर जाइन्ट्सले जित हात पारेको छ।

टस जितेर पहिला ब्याटिङ्ग गर्न मैदान आएको लखनउले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६३ रन बनायो। १६४ रनको लक्ष्यसहित मैदान उत्रेको गुजरात १८.५ ओभरमै अलआउट हुँदै १३० रन मात्रै बनाउन सक्यो। 

प्रकाशित: २६ चैत्र २०८० ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App