नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै महाशिवरात्री आत्मशुद्धि, संयम र आत्मबोधको पर्व भएको बताएका छन्।
ओलीले शिवरात्रीको पवित्र रात्रि उपवास, जागरण र अन्तर्मनबीच संवाद गर्ने विशेष अवसर भएको बताउँदै ‘पशु’ अर्थात् बन्धनमा बाँधिएको चेतनालाई मुक्त गराउने प्रतीकात्मक स्वरूप नै पशुपतिनाथ रहेको बताएका छन्। साथै लोभ, क्रोध, मोह र अहंकारजस्ता बन्धनबाट मुक्त भएर मनलाई स्वतन्त्र, शान्त र आनन्दित बनाउने पर्व शिवरात्री रहेको उल्लेख गरेका छन्।
ओलीले पशुपतिनाथले ऊर्जाको तेजमय प्रवाहलाई संयममा राख्दै पीडा सहेर शान्त रहने धैर्य र बाहिरी कोलाहलभन्दा भित्री विवेकमा सत्य निहित हुने बताएका छन्।
प्रकाशित: ३ फाल्गुन २०८२ १३:५७ आइतबार



-600x400.jpg)

