आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो तेस्रो खेलमा नेपालले अहिले वेस्ट इन्डिजसँग खेलिरहेको छ ।
मुम्बईको वाङखेडे स्टेडियममा नेपालले दिएको १३४ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिजले गतिलो जवाफ फर्काएको छ । ११ ओभरको समाप्तिमा वेस्ट इन्डिजले एक विकेट गुमाएर ८५ रन बनाएको छ ।
ब्रेन्डोन किङ २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरिले सर्वाधिक ५८ रन बनाए।
सोमपाल कामी २६ रनमा नटआउट रहँदा लोकेश बमले १३ रन बनाए ।
क्यारेबियन टोलीका लागि जासन होल्डरले सर्वाधिक ४ विकेट लिए ।
जारी खेलमा जित निकाले वेस्ट इन्डिजले लगातार तेस्रो जित निकाल्दै सुपर ८ मा स्थान पक्का गर्नेछ भने हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ । आजको खेलमा जित निकाल्न सके नेपालको सुपर एटको सम्भावना कायमै रहनेछ ।
प्रकाशित: ३ फाल्गुन २०८२ १३:५९ आइतबार





