७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

गुजरातविरुद्ध ब्याटिङ्ग गर्दै नेपाल

एसएमएस फ्रेन्डसिप कपअन्तर्गतनेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको छ।

गुजारतस्थित साई मेघप्पन स्पोर्ट्सलाइफ मैदानमा अबको केहीबेरमा सुरु हुने आजको खेलमा नेपालले गुजरातविरुद्ध पहिला ब्याटिङ्ग गर्न लागेको हो।

नेपाल जारी प्रतियोगितामा एक खेलमा पराजित र अन्य सबैमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो। तर, अन्तिम खेलमा कमजोर टोलीसँग पराजित भएको नेपाललाई आजको खेल सहज हुनेछैन।

टी–२० विश्वकपको तयारी स्वरुप नेपाल हाल भारत भ्रमणमा रहेको छ।

आजको खेलमा भने नेपालले चार परिवर्तन गरेको छ। नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन्।

तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन्।

प्रकाशित: २५ चैत्र २०८० १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App