१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आइटिएफ तेक्वान्दो उपाधि सुनसरीलाई

विराटनगरमा जारी छैटौं कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ। कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदक प्राप्त गर्दै प्रथम भएको छ।

मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र झापा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै तेस्रो भएको छ।  

प्रतियोगिताअन्तर्गत एकल पुरुष स्पाइरिङतर्फ ४५–५० केजी समूहमा सुनसरीका ईशान राई प्रथम र मोरङका प्रकाश शर्मा द्वितीय, ५१–५५ केजी समूहमा पाँचथरका आलोक राई प्रथम र मोरङका संजय खवास दोस्रा, ५६–६० केजी समूहमा शौरभ चौधरी प्रथम र झापाका सनम चौधरी दोस्रा भएका छन्।

यसैगरी ६१–६५ केजी समूहमा सुनसरीका आशिष मगर प्रथम र भोजपुरका दीपक राई दोस्रा, ६५–७० केजी समूहमा झापाका प्रितम धिमाल प्रथम र मोरङका लक्ष्मण राजवंशी दोस्रा, ७१–७५ केजी समूहमा झापाका अनमोल लिम्बू प्रथम र मोरङका निशान्त भुजेल दोस्रा तथा ७६ केजी समूहमा झापाका श्याम राई प्रथम र भोजपुरका इन्द्रबहादुर बस्नेत दोस्रा भएका छन्।

त्यस्तै, एकल महिला स्पाइरिङतर्फ ४०–४५ केजी समूहमा सुनसरीकी विपना राई प्रथम र मोरङकी विनिशा माझी दोस्रा, ४६–५० केजी समूहमा सुनसरीकी करुणा विष्ट प्रथम र मोरङकी सविना मगर दोस्रा, ५१–५५ केजी समूहमा मोरङकी अनुश्का धिमाल प्रथम र इलामी दीक्षा आचार्य दोस्रा भएका छन्।

त्यसैगरी ५६–६० केजी समूहमा मोरङकी कुशुम राजवंशी प्रथम र इलामकी विनु काङ्वाङ दोस्रा, ६१–६५ केजी समूहमा सुनसरीकी प्रतिष्ठा कटवाल प्रथम र झापाकी निशा ताजपुरिया दोस्रा तथा ६६ केजी समूहमा झापाकी सेङना लिम्बू प्रथम र पाँचथरकी दीक्षा खड्का दोस्रा भएका छन्।  

एकल महिला प्याटनतर्फ हरियो पेटमा झापाकी विविसिंह शर्मा प्रथम र सुनसरीकी क्याट्रिना राई दोस्रा, नलोी पेटीमा मोरङकी अनुश्का धिमाल प्रथम र सुनसरीकी सदीक्षा राई दोस्रा, रातो पेटीमा इलामकी वन्दना श्रेष्ठ प्रथम र सुनसरीकी बिट्नी राई दोस्रा, कालो पेटीमा मोरङकी कुसुम राजवंशी प्रथम, र सुनसरीकी करुणा विष्ट दोस्रा तथा कालो पेटी दोस्रो डानमा सुनसरीकी एलिजा राई प्रथम भएकी छन्।

एकल पुरुष प्याटनतर्फ हरियो पेटीमा धनकुटाका दिप्रशन राई प्रथम र सुनसरीका पवन रेग्मी दोस्रा, नीलो पेटीमा मोरङका लक्ष्मण राजवंशी प्रथम र सुनसरीका मिक्सेन राई दोस्रा, रातो पेटीमा मोरङका आरकेश चौधरी प्रथम र झापाका सनम चौधरी दोस्रा, कालो पेटीमा सुनसरीका आशिष मगर प्रथम र मोरङका मञ्जित राजवंशी दोस्रा र कालो पेटी दोस्रो डानमा झापाका मिसन श्रेष्ठ प्रथम र मोरङका निशान्त भुजेल दोस्रा भएका छन्।

प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १ सय ६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता थियो।

प्रकाशित: ११ चैत्र २०८० ११:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App