२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काव्य स्कुलमा तेक्वान्दोको ग्रेडिङ

काव्य स्कुलमा शुक्रबार एकदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ। काठमाडौंको बुद्धनगरस्थित विद्यालयकै प्राङ्गणमा कुल ३६ जना तेक्वान्दो खेलाडीले ग्रेडिङ परीक्षा दिएका हुन्।

तेक्वान्दोका छैटौं डान प्राप्त सिनियर प्रशिक्षक वासुदेव पराजुली र रामकृष्ण श्रेष्ठले उनीहरूको परीक्षा लिएका थिए। परीक्षामा खेलाडीले पुम्से र डेमोन्स्ट्रेसनलगायत पक्ष प्रस्तुत गरेको काव्य स्कुलका तेक्वान्दो प्रशिक्षकसमेत रहेका रामकृष्णले जानकारी दिए।

सेतो पेटीबाट २० जना, पहेंलोबाट १५ जना, पहेंलो–हरियोबाट २ जना र हरियो–नीलोबाट एकजना खेलाडीले परीक्षा दिएका हुन्।

ग्रेडिङ कार्यक्रमका काव्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटा, विद्यालयका निर्देशक एवम् जुनियर फुटबल एकेडेमी (जेएफए) का अध्यक्ष रिजन खड्का, निर्देशक सुनील घर्ती, इसिए इन्चार्ज प्रज्वलप्रताप क्षत्री र सहायक फुटबल प्रशिक्षक दीपेन्द्र खत्रीले ग्रेडिङ परीक्षामा सहभागी हुने विद्यार्थी एवम् खेलाडीलाई बधाई दिए। सो अवसरमा प्रिन्सिपल बास्कोटाले खेलाडी भएपछि अनुशासनमा सदैव आफूलाई अब्बल राख्नुपर्ने धारणा राखे।

प्रकाशित: ३ चैत्र २०८० ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App