२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी-२० सिरिज फाइनलः नेपालले पीएनजीविरुद्ध टस जितेर बलिङ्ग रोज्यो

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ।

हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल आजको खेलमा जित हात पार्दै सिरिज आफ्नो कब्जामा लिन चाहन्छ भने पीएनजी पनि सिरिज आफ्नो नाम गर्न चाहन्छ।

मङ्गलवार भएको खेलमा पीएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको नेपालले फाइनलमा फेरि पीएनजीसँगको भेट सुनिश्चित गरेको हो।

मङ्गलवार भएको अर्को खेलमा पीएनजीले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रकाशित: ३० फाल्गुन २०८० ११:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App